Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

उधमशीलता, युवा र अर्थतन्त्र  

२०७७ भाद्र २ गते

सुशील भट्टराई

बिषय प्रवेश :

सामान्यत उधमशीलता ,युवा अर्थतन्त्र शब्दको शाब्दिक अर्थ फरक फरक भएता पनि यी एक अर्का बिचमा अन्तसम्बन्धीत छन । कुनै पनि समाजको समृद्घि समाजको तब मात्र कल्पना गर्न जब उधमशीलता ,युवा अर्थतन्त्र अन्तरघोलि हुन्छ ,समाज आफैमा एक बहुआयमिक बिषय हो। जसले आर्थिक संस्कृति ,राजनैतिक ,भौतिक र नैतिक रुपमा गासीएको हुन्छ । त्यसले समाजको आर्थिक विकास गर्नका लागी उधमशीलता र युवा एक पुर्वआवश्यक तत्व हुन्छ ।

उधमशीलता
नवितंम व्यवसायको तयारी गर्ने ,व्यवसायको स्थापना गर्ने , त्यसको अनुसन्धान गर्ने , सञ्चालनको लागी तिव्र इच्छाशतिm र सिजनशीलताको क्षमता हुनु नै उधमशीलता हो ।
उधमशीलता उत्पादनको साधन पनि हो , उधमशीलता संस्कृतिको विकासले नागरिकहरुलाई पेशा व्यवसायप्रति आकर्षित गराई जोखिम बहन गर्न र सिजनशील कार्यलाई आथिक कियाकलापसँग आबद गर्न मदत गर्दछ । स्थानिय स्तर देखी नै उत्पादन र उत्पादकत्व वृद्घि तथा रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई गतिशीलता दिन उधमशीलता विकास महत्वपुर्ण आयम हो ।नवप्रवदनात्मक तथा अन्बेषणात्मक वस्तु सेवा उत्पादन स्थानीय स्तरमा उपलब्ध श्रम सो्रत साधन ,पुजी र प्रबिधीको उपयोग एवम सिपमुलक तालिम र बित्तिय पहुचको बिस्तारबाट उधमशीलता विकास गर्न सकिन्छ

शिक्षालाई व्यावसाकि बनाई युवा पुस्तामा उधमशील संस्कृतिको विकास गरी उधमीलाई नवीन प्रविध तथा बजार मुत्य शंखला आबदता गराउदै सिपमुलक तथा व्यवसायिक तालिमलाई उधमशीलता आबद गरि छरिएर रहेका उधम बिकास कायक्रमलाई एकृतित र प्रभारवकारी बनाउनु पर्दछ । लघु, घरेलु तथा साना उधमीको वितिय सो्रतको क्षमताको वृद्घि गरि परियोजनाको प्रस्ताव विश्लेषण र मुल्याङ्गकनका आधारमा उत्पादन मुलक उधोग व्यवसायमा ऋण लगानीका लागी बैकं तथा बितिय संस्था अग्रसर हुनुपर्दछ ।

नेपालमा संघीयताको कार्यन्यनसगै प्रदेश र स्थानीय तहसम्म उधोग तथा करकारखाना दर्ता उधमशीलता र रोजगारी सम्वन्धी सेवा निती कानुन र संस्थागत स्थायी व्यवस्थासगै बितिय क्षेत्रको बिस्तार र दायरा बढढै जानु ,स्वरोजगारी रआन्तरिक रोजगारी सिर्जना राष्ट्रिय प्राथमिकतामा पर्नु ,मुलुकमा सक्रिय जनसंख्याको अनुपात वद्घि हुनु र युवा जनशक्ति उधमप्रति आकषर्ण बढनुले नेपालमा उधमशीलताको बिकासमा छलान्न मार्न सहयोग पुग्ने देखिन्छ ।

युवा : 
राष्ट्रिय विकासमा युवा सहभागीता अभिवृद्घि गदै राजनितिक ,सामाजिक र आर्थिक अधिकारहरुको पुर्ण उपयोग गर्न वातावरण तयार गरि युवाको सर्वाङगीण विकास शशक्तिकरण र युवा उधमशीलका लागी शिक्षा स्वास्थ्य रोजगारी लगायतका क्षेत्रमा बिशेष अवसर प्रदान गर्न नितिगत तथा संबैधानिक व्यवस्था रहेको छ । संयुक्त राष्टसंघीय सुरक्षा परिषद ,दिगो बिकास लक्ष्य र युथ भिजन २०२५ ले युवाको बिकास र सहभागीतामा जोड दिएको छ, नेपालको कुल जनसंङयाकौ ४०।३५ प्रतिशत युवा रहेको जनसांङख्यिक लाभको अवसरलाई पुजीकृत गरि मुलुकको आर्थिक समृद्घिमा युवाको योगदानलाई सुनिश्चित गर्न सकिन्छ ।

राष्ट्रिय बिकासलाई आर्थिक बिकास अपरिहार्य छ भने आर्थिक बिकास लागी उधमशीलता बिकास अपरिहार्य छ , उधमशीलता बिकासका युवा एक पुर्वआवश्यक तत्व हो उधमीले देशको आर्थिक बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दछ, स्बरोजगार तथा रोजगारीको अवसर सिर्जना गरि राष्ट्र आर्थिक समृद्घिमा उलेख्य योगदान पुत्याउछ । देशको औद्यौगिकरणमा उधमीको सबै भन्दा महत्वपुर्ण भुमिका हुन्छ , सरकार र समाजले केवल औद्यौगिक वातावरणमा मात्र सिर्जना गर्दछ । औधोगिक क्षेत्र अतिरिक्त कुषि तथा सेवा क्षेत्रको उत्थानमा समेत सक्रिय भुमिका हुन्छ राष्ट्रको आर्थिक बिकास गर्नका लागी उधमशीलताको अदितिय भुमिका हुन्छ ,देशको आर्थिक बिकासको मुल आधार नै उधमशीलता हो । अर्थतन्त्रको विकासका लागी उधमी भुमिका निम्न छ ।

 पुँजी निमार्ण गर्न, 
 रोजगारी वृद्घि गर्न,
 उत्पादकत्व वृद्घि गर्न,
 निर्यात प्रबर्धन गर्न,
 र्औद्योगिकरण गर्न ,
 सन्तुलित तथा न्याय पुर्ण विकासका लागी ,
 उपलब्ध प्राकृतिक तथा मानविय संसाधनको सदुपयोग गर्न ,
 स्तरीय जिवनयापनका लागी ,
 राष्ट्रको कुल गाह्रस्थ्य उत्पादनमा वृद्घि गर्न ,

अन्त्यमा : नेपालको आर्थिक विकासको आधार उधमशीलता हो । बर्तमान समयमा युवा शक्तिलाई उधमशीलता परिणत गर्न सकेमा देशको आर्थिक समृद्घि यहि पुस्तामा सम्भव हुने देखीन्छ ।

Ad