बैंकिङ खबर । गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टाइनमा बसेका छन्। नेपाल राष्ट्र बैंक बालुवाटार केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमै बसी काम गर्न थालेका हुन् । कार्यालयका संक्रमित दुई मध्ये एक इन्जिनियर गभर्नरलाई प्रतिवेदन बुझाउन आएका र उनलाई संक्रमण पुष्टि भएपछि गभर्नर आइसोलेसनमा बसेका हुन्। उनी संक्रमणको उच्च सतर्कताका अपनाउँदै गत शुक्रबारबाट होम क्वारेन्टाइनमा बसेको स्रोतले जनाएको छ ।