Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाईफ बन्यो गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

२०७७ श्रावण ३२ गते


बैंकिङ खबर । United Registrar of Systems (URS)  ले हालै कम्पनीको व्यावस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षण सम्पन्न गरी ISO 9001:2015  मान्यता प्रदान गरेको छ । उक्त मापन कम्पनीको व्यावस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकहरुमा पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । ज्योति लाईफले ई.सं. २०२० अगष्ट ५ मा आधिकारीक गुणस्तार चिन्ह प्रमाणपत्र प्राप्त गरेको थियो । ज्योति लाईफले आफ्नो स्थापनाकाल देखि नै प्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधि संरचाना थप सुध्रिढ गर्दै ग्राहक सेवा सुविधा थप सवल पार्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताउनुभयो ।