बैंकिङ खबर । ठाउँठाउँमा बैंकका कर्मचारीमा कोरोना संक्रमण बढेको छ । विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढ्दै गएको छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् । बिराटनगर, नेपालगञ्ज, बर्दिया, विरगंज जस्ता बोर्डर क्षेत्रमा रहेका बैंकहरु कोरोनाको उच्च जोखिमा रहेको पाइएको छ । त्यसका साथै काठमाडौंमा पनि केही बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि बैंकहरुले क्यास काउन्टरको संख्या घटाएका छन् भने सेवा अवधि पनि कम गरेका छन् । पछिल्लो समय बर्दियामा बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकामास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ । आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन्। त्यहाँ मुक्तिनाथ विकास बैंक र सिटिजन बैंक लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकको जनकपुर शाखामा पनि कर्मचारीका कोरोना संक्रमण देखिएको छ । यसअघि काठमाडौंमै एभरेस्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्य कार्यालय नै दुई दिनका लागि बन्द गरिएको थियो । पछिल्लो समय बैंकका कर्मचारीलाई क्यास काउन्टरमा रहेर सेवा सुचारु गर्न समेत कठिन हुन थालेको छ ।
नेपाल राष्ट्र बैंक
कोरोना संक्रमणको असर : विभिन्न ठाउँमा बैंकका कार्यालय सिल गरियो
२०७७ श्रावण ३२ गते