बैंकिङ खबर । काठमाडौं जिल्ला प्रशाशन कार्यालयले विभिन्न कार्यमा बन्देज गरेको छ । उपत्यकामा कोभिड १९ को संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमण फैलन नदिनका लागि विज्ञप्ति मार्फत उल्लेखित कार्यमा रोक लगाएको हो ।
- भीडभाड गर्न नारा जुलुश गर्न नपाईने ।
- मानिसहरु भेला हुन नपाईने ।
- जात्रा, महोत्सव आदि सञ्चालन गर्न नपाईने ।
- धार्मिक गतिविधिहरु संचालन वा धार्मिक भेला सम्मेलन गर्न नपाईने ।
- चाडपर्वकाम नाममा सांस्कृतिक कार्य एवं जमघटहरु गर्न नपाईने ।
- शैक्षिक संस्थाहरु सञ्चालन गर्न नपाईने ।
- सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल संचालन गर्न नपाईने ।
- शैलून, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना संचालन गर्न नपाईने ।
- फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा वा साइकलमा व्यवसाय संचालन गर्न नपाईने ।
- होटल र रेस्टुरेन्ट सञ्चालन गर्न नपाईने ।