Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साताको कारोबारमा २७.४२ अंकले उकालो लाग्यो शेयर बजार, कारोबार रकम पनि ५१ करोडभन्दा बढी

२०७७ श्रावण ३१ गते

यो साताको कारोबारमा शेयर बजार २७ दशमलव ४२ अंकले माथि उक्लिएको छ । साताको अन्तिम कारोबार दिन साउन २९ गते बिहीवार शेयर बजार १ हजार ४०८ दशमलव ७९ विन्दुमा पुगेको हो ।

 गत साताको अन्तिम कारोबार दिन यो १ हजार ३८१ दशमलव ३७ विन्दुमा रहेको थियो । यो साता सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेका गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणको प्रभाव शेयर बजारमा परेको हो । 

यो साता पाँच दिन भएको शेयर कारोबारमा तीन दिन बजार बढेको छ भने दुई दिन घटेको छ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ११ दशमलव ३० अंक, दोस्रो दिन ३७ दशमलव ७४ अंक र चौथो दिन १ दशमलव ५१ अंक बढेको हो भने तेस्रो कारोबार दिन ६ दशमलव ६१ प्रतिशत र पाँचौ कारोबार दिन १६ दशमलव ५३ अंक घटेको हो ।

नेप्से परिसूचकसँगै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि सातामा ४ दशमलव २९ अंक बढेर २९३ दशमलव ८४ विन्दुमा पुगेको छ ।

यो साता गत साताभन्दा कारोबार रकम पनि बढेको छ । गत साताको कारोबारमा रू. ५ अर्ब २८ करोड ६४ लाख ५५ हजार बराबरको शेयर खरीदविक्री भएकोमा यो साता भने रू. ५ अर्ब ८० करोड ६० लाख २५ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

यो साता नेप्सेले उच्च विन्दु १ हजार ४६५ दशमलव ११ र न्यून विन्दु १ हजार ४३१ दशमलव ५३ विन्दु कायम गरेको थियो । छोटा अवधिका कारोबारीहरुले नाफा बुक गर्दा यो साता बजारमा निकै उतारचढाब देखिएको छ । यद्यपि गत साताभन्दा उकालो लागेको बजारमा लगानीकर्ताहरुको सम्पत्ति पनि रू. ३७ अर्ब ६२ करोड ४० हजार बढेको छ । 

गत साताको अन्तिम कारोबार दिनसम्म रू. १८ खर्ब २२ करोड ४३ लाख रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिनसम्म रू. १८ खर्ब ५९ करोड ६६ लाख ७० हजार कायम भएको छ ।
सातामा भएको कारोबारको महत्वपूर्ण सूचकहरु :

स्रोत : नेप्से

सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरु :

स्रोत : नेप्से

यो साता सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीमध्ये पहिलो स्थान नेपाल पुनर्बीमान कम्पनीलेनै कायम राखेको छ । उक्त कम्पनीको सातामा रू. ४६ करोड करोड ६० लाख २० हजार बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै सातामा सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेनै निरन्तरता पाएको छ । उक्त कम्पनीको यो साता रू. ३९ करोड ८० लाख बराबरको शेयर कारोबार भएको हो । यस साता सर्वाधिक कारोवार गर्ने तेस्रो नम्बरमा अजोड इन्स्योरेन्स कम्पनी रहेको छ । यस अवधिमा सो कम्पनीको रू.२६ करोड ४० लाख बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक बजार पूँजीकरण भएका १० ओटा कम्पनीहरु :

स्रोत : नेप्से

कुल पूँजीकरणको सर्वाधिक हिस्सा यो साता पनि नेपाल दुरसञ्चार कम्पनीलेनै ओगटेको छ । उक्त कम्पनीको शेयरको कुल मूल्य अर्थात कुल बजार पूँजीकरण रकम रू. ९९ अर्ब ४५ करोड रहेको छ । शेयर बजारमा उक्त कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । साताको अन्तिम दिन सो कम्पनीको अन्तिम शेयरमूल्य रू. ६६३ कायम भएको छ । 

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad