Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मेगा बैंकको नाफा घट्यो

२०७७ श्रावण ३० गते

बैंकिङ खबर । मेगा बैंकको मूनाफामा गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने बैंकको निक्षेप संकलन ७८ अर्ब ६८ करोड रुपैयाँबाट बढेर १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकले ४ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै, बैंकको सञ्चालन मुनाफा २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी १० अर्ब ३६ करोड रुपैयाँबाट बढाएर १३ अर्ब १३ करोड रुपैयाँ पुर्याएको बैंककोे जगेडा कोषमा १७ अर्ब ६० करोड रुपैयाँ रहेकोे छ । यस्तै, कर्जा लगानी ६९ अर्ब ८६ करोड रुपैयाँबाट बढेर १ खर्ब १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ ।

Ad