
बैंकिङ खबर । बजारमा आज सुनको मूल्य फेरि बढेको छ । आज शुक्रबार पनि सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
निरन्तर उकालो लागेको सुनको मूल्य बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको थियो यसैबिच विहिबार पुनः २,४०० ले बढेर उकालो लाग्दा ९७ हजार ८०० मा कारोबार भएको थियो । निरन्तर बढ्दै आएको सुनको मूल्यको निरन्तर उतार चढावले सर्वसाधारणमा चासो देखिएको भएतापनि बजार भने सुनसान नै देखिन्छ ।