एनआइसी एशिया बैंकले नाफा बढाएको छ । उसको ३.२५ प्रतिशतले नाफा बढेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो बर्ष ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । एनआइसी एशिया बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ रहेको छ ।
प्राइम कमर्सियल बैंकले पनि नाफा बढाएको छ । उसको गत आबमा ४.२७८ प्रतिशतले नाफा बढेको छ । बैंकले २ अर्ब २९ करोड २८ लाख २ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो आबमा २ अर्ब १९ करोड ८७ लाख ९२ हजार थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड ५७ लाख १८ हजार रुपैयाँ रहेको जनाइएको छ ।
एनएमबि बैंकले पनि नाफा बढाएको छ । गत आबमा बैंकले ०.५९ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो आबमा २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आबमा २ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । एनएमबि बैंकको वितरण योग्य नाफा नाफा १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
हिमालयन बैंकको खुद नाफा भने घटेको छ । उक्त बैंकको नाफा ८ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड रहेको छ ।
लक्ष्मी बैंकको नाफा पनि घटेको छ । लक्ष्मी बैंकले १ अर्ब ४८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५९ करोड रुपैयाँ थियो । लक्ष्मी बैंकको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ गरेको छ । गत आबमा लक्ष्मी बैंकको निक्षेप २० अर्ब रुपैयाँले बढेको छ ।
सेञ्चुरी बैंकको नाफा पनि बढेको छ । सेञ्चुरी बैंकले ३३. ९९ प्रतिशतले नाफा बढाएको छ । बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा १ अर्ब २२ करोड ८८ लाख ७२ हजार रुपैयाँ रहेको छ । गत आबमा संचालन नाफा १ अर्ब २ करोड ५९ लाख ६५ हजार रुपैयाँ थियो ।
सनराइज बैंकको नाफा घटेको छ । उक्त बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७० करोड नाफा गरेको थियो भने गत बर्ष घटेर १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको वितरणयोग्य नाफा ५२ करोड ९१ लाख रुपैयाँ गरेको छ ।
ग्लोवल आइएमई बैंकले गत आबमा ३ अर्ब १४ करोड नाफा गरेको छ । अघिल्लो आबमा बैंकको नाफा २ अर्ब ७५ करोड रहेको थियो । ग्लोवल आइएमई बैंकको यो नाफा जनता बैंकसँग मर्जर भएपछिको नाफा हो । ग्लोवल आइएमई बैंकको चुक्ता पूँजी १८ अर्ब ७५ करोड रहेको छ । बैंकको वितरणयोग्य मुनाफा नाफा १ अर्ब ७३ करोड गरेको छ ।
माछापुच्छ्रे बैंकको नाफा घटेको छ । अघिल्लो आबमा १ अर्ब ६९ करोड नाफा गरेको उक्त बैंकले गत आबमा १ अर्ब २५ करोड नाफा गरेको छ । माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा ९० करोड रुपैयाँ गरेको छ ।
सानिमा बैंकको नाफामा धेरै नै गिरावट आएको छ । अघिल्लो वर्ष २ अर्ब २५ करोड नाफा कमाएको उक्त बैंकले गत बर्ष १ अर्ब ७० करोड मात्रै नाफा गरेको छ । थियो । सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रहेको छ । ८ अर्ब ८० करोड मात्रै चुक्ता पूँजी भएको सानिमा बैंकलाई बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेतृत्व गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा पनि घटेको छ । अघिल्लो आबमा ३ अर्ब ३२ करोड नाफा कमाएको उक्त बैंकले गत आबमा २ अर्ब ५७ अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकको विवरणयोग्य नाफा भने जम्मा ६५ करोड रुपैयाँ रहेको जनायएको छ ।
एभरेष्ट बैंकको नाफा पनि घटेको छ । उक्त बेंकको नाफा अघिल्लो आबको तुलनामा १८.२६ प्रतिशतलेकमी आएको छ । अघिल्लो वर्ष ३ अर्ब ५ करोड नाफा गरेको उक्त बैंकले गत आबमा २ अर्ब ४९ करोड नाफा गरेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६७ करोड गरेको ।