बैंकिङ खबर ।बैंकका कर्मचारीलाई कोरोना लागेमा सम्पूर्ण खर्च बैंकले व्यहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका लागि १४ बुँदे निर्देशन जारी गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकले कर्मचारी र ग्राही दुवै पक्षको स्वास्थ्य सुरक्षालाई जोड दिएको छ । राष्ट्र बैंकले कर्मचारीको कोरोना उपचार र अन्य खर्च बैंकले नै व्यहोर्नुपर्ने पनि जनाएको छ । राष्ट्र बैंकले ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रयोग नगर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक
बैंकका कर्मचारीलाई कोरोना लागेमा सम्पूर्ण खर्च बैंकले व्यहोर्ने
२०७७ श्रावण २९ गते