
बैंकिङ खबर । कम्पनी रजिष्ट्रारको कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु १५ दिनका लागि बन्द गरेको छ। कोरोनाको जोखि बढ्दै गइरहेकोले सेवाग्राहीको भिडभाडलाई मध्यनजर गरी कार्यालयले साउन २९ गते देखि भदौ ११ गतेसम्मका लागि सेवा बन्द गर्ने भएको हो। तर, त्यसअवधिमा कम्पनीले अनलाइन माध्यमबाट भने सेवा प्रदान गर्ने बताएको छ।
