August 12th, 2020

‘आधा कर्मचारीबाट बैंकिङ सेवा संचालन गर्नु’

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्नुपर्ने भएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्बजनिक गर्दै यस्तो बताएका हुन् । उनले जनतासँग प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने संघ संस्थाहरुले अनलाइनका माध्यमबाट वित्तीय सेवा प्रवाह गर्ने निर्देशन दिएका छन् ।

सरकारले  कोभिड १९ सङ्क्रमणको सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघ९संस्थाहरूले विद्युतीय माध्यमबाटसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यस्तो बताएका हुन् । यस्तै, शैक्षिक संस्था र बढी भीडभाड हुने तथा मनोरञ्जन स्थल सञ्चालनलाई अनिश्चितकालका लागि लम्ब्याएको छ। कोभिड–१९ को जोखिम बढेकाले जोखिम न्यूनीकरण गर्न विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, सबै प्रकारका गोष्ठी, सेमिनार बन्द गराउने निर्णयलाई निरन्तरता दिएको छ । त्यस्तै कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले होटल रेस्टुरेन्टबाट तयार गरिएको खाद्य परिकार टेकअवे मात्रै गर्न पाउने निर्णय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]