एभरेस्ट बैंकका कर्मचारीमा कोरोना, मुख्य कार्यालय दुई दिनका लागि बन्द

बैंकिङ खबर । एभरेस्ट बैंकका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्य कार्यालय नै दुई दिनका लागि बन्द गरिएको छ । एभरेष्ट बैंकको लाजिम्पाट स्थित मुख्य कार्यालयमा कोमबार र मंगलबारका लागि बन्द गरिएको हो । बुधबारदेखि भने नियमित रुपमा सेवा सुचारु हुने छ । शनिबार एभरेष्ट बैंकको लाजिम्पाटस्थित कर्मचारीको कोरोना परीक्षण गराइएको थियो । सो क्रममा दुई जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि दुइदिनका लागि सेवा बन्द गरिएको हो । कोरोना संक्रमितलाइृ आइसोलेसनमा राखिएको छ ।


सोसिअल मेडिया