August 9th, 2020

राष्ट्र बैंकले बैंकहरुलाई भन्यो – ‘घरबाट गर्न मिल्ने काम घरमै बसेर गर्नु’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ‘घरबाट गर्न मिल्ने काम घरमै बसेर गर्नु’ भनेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरैबाट काम गर्न एवं अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु परिचालन गरेर सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन जारी गर्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा संचालनको लागि कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था मिलाउन भनेको छ । कोरोना संक्रमण बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]