पुनरकर्जा : लिने बिधि र आवश्यक प्रक्रिया

बैंकिङ खबर । एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ । पुनरकर्जा भन्नाले वित्त पोषण भन्ने बुझीन्छ । सामान्यतया, जब तपाइँ पुरानो कर्जा चुक्ता गर्न एक नयाँ कर्जा लिनुहुन्छ भने यसलाई पुनरकर्जाको रुपमा लिइन्छ । पुनरकर्जाको अर्थ मूलतः फेरि सबैको लागि आवेदन दिनु हो ।
हाल कोरोना राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको छ ।
वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले ६० अर्बको पुनरकर्जा कोषलाई १ खर्ब बनाउने निर्णय भएको बताएका थिए ।
चालु आर्थिक वर्षको हालसम्म ३५ अर्ब भन्दा बढी पुनरकर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई तोकिएका शर्तहरुको अधीनमा रही पुनरकर्जा सुविधा उपलब्ध गराउँदछ ।

(१) साधारण पुनरकर्जा :
(क) जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले संचालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक ३.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ । यस्तो पुनरकर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिइने छ । (उत्पादनमूलक उद्योग भन्नाले चुरोट, विडी, सिंगार, सूर्ती, खैनी लगायत सूर्तिजन्य उद्योग र मदिरा तथा मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगहरुलाई जनाउने छ ।)
(ख) पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल स्थापना गर्न प्रदान गरिएका असल कर्जाको सुरक्षणमा वार्षिक ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।

(ग) साधारण पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७.० प्रतिशतभन्दा बढी ब्याज लिन पाईने छैन ।

(२) विशेष पुनरकर्जा
(क) नेपाल सरकारबाट तोकिएका रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारीको लागि प्रवाह भएको कर्जाको धितोमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ख) अष्ट्रिच पालन, अलैंची खेती र मौरी पालन गरी निर्यात गरेमा निर्यात बराबरको रकम नबढ्ने गरी असल कर्जाको धितो सुरक्षणका आधारमा वार्षिक १ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ग) दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा संचालित साना व्यवसायमा प्रदान गरिएको असल कर्जाको धितो सुरक्षणमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(घ) विशेष पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन्।

(३) निर्यात पुनरकर्जा
(क) निर्यात व्यवसायी फर्म÷कम्पनीलाई निर्यात सम्बन्धी कागजातको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवद्र्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक १.० प्रतिशत दरमा निर्यात पुनरकर्जा उपलब्ध गराइने छ ।

(ख) निर्यात पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाईने छैन ।
(ग) निर्यात अन्तर्गत विदेशबाट विदेशी मुद्रा आम्दानी भएको अनुगमन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नु पर्नेछ । साथै यस्तो भुक्तानी प्राप्त भएको मितिले चार कार्यदिनभित्र पुनरकर्जाको साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी गर्नु पर्नेछ । 
घ) निर्यात पुनरकर्जाको हकमा म्भझभम भ्हउयचतभच भई उत्पादन कार्यमा समेत संलग्न भएको खण्डमा उत्पादन कार्यमा लिएको कर्जा वा निर्यातको लागि लिएको कर्जा मध्ये कुनै एक तहको कर्जामा मात्र निर्यात पुनरकर्जा उपलब्ध गराइने छ ।

(४) साना तथा मझौला उद्यममा पुनरकर्जा
(क) परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित रू १५ लाखसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २.० प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने छ ।
(ख) यस्तो पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ५.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।
(५) “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि बमोजिम पुनरकर्जा सुविधा उपलब्ध गराउने छ ।

(६) पुनरकर्जाका शर्तहरु
(१) रुग्ण उद्योगलाई प्रवाह हुने पुनरकर्जा बाहेक अन्य पुनरकर्जा सुविधा असल कर्जाको धितोमा प्रदान गरिने छ ।
(२) केन्द्रीय बैंकबाट प्रवाह हुने कुल पुनरकर्जा सुविधाको सीमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशत भन्दा बढी हुने छैन ।
(३) पुनरकर्जा सुविधा उपयोग गर्ने बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा वापत यस बैंकको नाममा तोकिएको ढाँचाको तमसुक गरिदिनु पर्नेछ ।
(४) पुनरकर्जा सुविधामा तोकिएको भुक्तानी अवधि अघि नै पूर्व–भुक्तानी हुन सक्ने छ । पुनरकर्जा भुक्तानी गर्दा साँवा र ब्याज सहित भुक्तानी गर्नु पर्नेछ । यस बैंकले ऋणी बैंक वा वित्तीय संस्थाको खाता खर्च म्भदष्त गरी रकम असुल उपर गर्न सक्ने छ । तोकिएको अवधिमा सावाँ÷ब्याज असुल उपर हुन नसकेमा तीन प्रतिशत पेनाल ब्याजदर कायम गरी असुल गरिने छ ।
(५) पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ । एक पटक लिएको पुनरकर्जा चुक्ता गरिसकेपछि मात्र पुनः पुनरकर्जा माग गर्न सकिनेछ ।
(६) पुनरकर्जा सुविधा प्राप्त गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको मासिक विवरण महिना समाप्त भएको मितिले १५ दिनभित्र केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ । 

स्रोत सामग्री सहयोग : नेपाल राष्ट्र बैंक


सोसिअल मेडिया