August 7th, 2020

अनलाइन खाता खोल्ने बढे

बन्दाबन्दीमा हजारौं ग्राहकले अनलाइनबाट खाता खोलेका छन् । यसबाट बैंकमा रकम जम्मा गर्न मिले पनि झिक्न भने बैंक नै जानुपर्ने भएकाले डिजिटल कारोबार बढाउन अझै चुनौती रहेको देखिन्छ ।

कोरोना तथा बन्दाबन्दीले गर्दा अधिकांश बैंकले अनलाइन खाता खोल्न जोड दिएका छन् । अनलाइन खाता लक्षित गरी बैंकहरूले थप प्रचारप्रसारसमेत गर्दै आएका छन् ।

अनलाइनबाट खाता खोल्ने थालनी नबिल बैंकले ८ वर्षअघि पहिलोपटक गरेको थियो । तर, त्यति बेला थालनी भए पनि अहिले बन्दाबन्दीमा भने अनलाइन खातालाई बढी चलायमान बनाउन केन्द्रित भई प्रचार थालेको र यो प्रभावकारी बनेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालको भनाइ छ ।

गत फागुनयता वाणिज्य बैंकमा मात्र ९ लाख ४८ हजार ३ सय ५० जना निक्षेपकर्ता थपिएका छन् र यीमध्ये धेरैजसो अनलाइनमार्फत खाता खोल्ने रहेको बैंकरहरूको भनाइ छ ।

नबिल, एनआईसी एशिया, सिटिजन्स, एनएमबीलगायत बैंकले अनलाइनमार्पmत खोलिने खातालाई प्रभावकारी बनाउन फेसबुक तथा भाइबरबाट समेत खाता खोल्ने सुविधा दिएका छन् । यसले राम्रो गरेको एनएमबी बैंकले बताएको छ । एनएमबीका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले आपूmहरूले ल्याएको यस्तो सुविधाबाट बन्दाबन्दीमा मात्रै करीब १० हजारको हाराहारीमा खाता खुलेको जानकारी दिए । ‘हामीले ल्याएको खाता खोल्ने सुविधाको धेरै राम्रो प्रतिक्रिया आयो । अबका दिनमा अनलाइन खाता तथा डिजिटल कारोबारलाई जोड दिनुपर्छ,’ उनले अभियानसँग भने, ‘यसरी कारोबार गर्दा भौतिक दूरी कायम हुने, सुरक्षित, भरपर्दो, समय बच्ने र कम खर्चिलो पनि छ ।’

एनआईसी एशिया बैंकले घरैबाट निःशुल्क अनलाइन खाता खोल्न दिएको सुविधा प्रभावकारी हुन थालेको बताएको छ । अनलाइनबाट खाता खोल्ने बढ्दै गएकाले यसलाई निरन्तरता दिने बैंकहरूको भनाइ छ ।

यस्तो सुविधाबाट विगतमा विदेशमा भएका नेपाली बढी लाभान्वित भएको बैंकरहरू बताउँछन् । अनलाइनमा अभ्यस्त नहुनेहरू भने बैंक नै धाउने गरेको बैंकरहरूको भनाइ छ । त्यसैले डिजिटल कारोबारमा बानी बसाल्न अझै चुनौती रहेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माको भनाइ छ । शर्माले भने, ‘आइडल खाता खोलेर मात्र हुँदैन । खुलेका खाताहरूलाई अब निरन्तर डिजिटल कारोबारमा सक्रिय बनाउनुपर्छ ।’

सानिमा बैंकले करीब ६ वर्षअघिदेखि यस्तो खाता सञ्चालनमा ल्याए पनि यतिबेला अनलाइनबाट खाता खोल्न जोड दिएको छ । बैंकका सीईओसमेत रहेका संघका अध्यक्ष दाहालका अनुसार अनलाइनबाट नेपालीहरूले फाट्टफुट्ट अनलाइन खाता खोल्ने गर्थे तर अहिले भने यसको संख्या बढेको छ । ‘खाता खोलेपछि खातामा रकम जम्मा गर्न पाइन्छ तर झिक्न तथा भुक्तानी गर्न भने एकपटक बैंकमा उपस्थित भएर ग्राहक पहिचान फारम बुझाई खातावाला व्यक्ति हो वा होइन भनेर प्रमाणित गर्नुपर्छ,’ उनले भने । यससँगै अब बैंकहरू क्रमशः कागजरहित कारोबारमा फड्को मार्नुपर्ने उनको तर्क छ । केवाईसी समेत अनलाइनबाट प्रमाणित गराउन सक्ने र भुक्तानीसमेत गर्न पाउने व्यवस्था भए यो अझै प्रभावकारी हुने बैंकरहरूको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले आधुनिक प्रविधिमा लगानी गरी सुरक्षित डिजिटल कारोबार गर्नेतर्पm नेपाल राष्ट्र बैंकले पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]