August 6th, 2020

८ प्रतिशतमै घर कर्जा ! सस्तोमा ऋणको प्रतिश्प्रर्धा कहिलेसम्म ?

बैंकिङ खबर । बैंकहरुले धमाधम नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन् । जसअनुसार घरकर्जा र गाडि कर्जा सस्तो व्याजमै दिन थालेका छन् । अहिले अधिकाँस बैंकहरुले ८ देखि ९ प्रतिशतमै घर कर्जा दिन थालेका छन् । बैंकहरुबीच सस्तो व्याजमा कर्जा दिने प्रतिश्प्रर्धा बढेको छ । यो समय कहिलेसम्म भन्ने एकिन हुन भने सकेको छैन । बजार खुकुलो नहुँदा लगानीका क्षेत्रहरु साँघुरीएका छन् । जसले गर्दा बैंकमा पैसा थुप्रिएको छ ।कुनै समय व्याज बढी भएकै कारण नेपाल बैंकर्स संघले व्याजमा एकरुपता कायम गर्ने भन्दै निक्षेपमा ११ प्रतिशतभन्दा बढी व्याज दिन नपाउने निर्णय गरेको थियो । जतिबेला बैंकहरुले निक्षेप संकलनमा व्याज बढाउँदै जाँदा १३ प्रतिशतसम्म व्याज दिएका थिए । अहिले बैंकमा कर्जाकै व्याजदर एकल अंकमा झरीसकेको छ । बाणिज्य बैंक र विकास बैंकहरुले १० प्रतिशत भन्दा कम व्याजमा ऋण दिन थालेका छन् । बैंकर्स संघले व्याजदरको सिनिडकेट तोडेर खुल्ला बनाइसकेको छ । संघले प्रतिश्प्रर्धाका आधारमा व्याजदर लागु गर्ने निर्णय गरेको हो । निक्षेपतर्फको व्याजदर मुद्धतिमा व्यक्तिगत तर्फ करिव ७.५० प्रतिशतको रेसीयोमा छ । सामान्य बचत खातामा व्याज ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म रहेको छ । कुनै समय बैंकमा निक्षेप गरेरै व्याज खान्छु भन्नेहरु अहिले व्याज अति कम हुन थालेपछि निराश भएका छन् । के अब बैंकमा निक्षेप गरेर व्याज खान्छु भन्ने दिन सकिएकै हो त रु कतिपय यस्तो अनुमान गर्न थालेका छन् । तर हाल लकडाउनका कारण लगानी क्षेत्रहरु साँघुरीएका कारण यस्तो भएको हो ।

बैंकमा पैसा थुप्रीएको छ । लगानी योग्य पुँजी धेरै छ । लकडाउनका कारण लगानीका क्षेत्रहरु साँघुरीएका छन् । पर्यटन, होटल, यातायात, मनोरंजन, खेलकुँद, हवाइजहाज, पार्टी प्यालेशहरु पूर्ण रुपमा बन्द छन् । केही व्यबसायहरु संचालनमा आएको भएतापनि व्यापार व्यबसाय राम्रो हुन सकेको छैन । सामान्यतया काम गर्ने अबस्था अझै निर्माण भएको छैन । जसले गर्दा व्यापार व्यबसायको मन्दीले पैसा परिचालन गर्ने आधार छैन । यसैकारण पनि हाल बैंकमा निक्षेप बढेर गएको छ । बैंकहरुले धमाधम नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन् । जसअनुसार घरकर्जा र गाडि कर्जा सस्तो व्याजमै दिन थालेका छन् । अहिले अधिकाँस बैंकहरुले ८ देखि ९ प्रतिशतमै घर कर्जा दिन थालेका छन् । बैंकहरुबीच सस्तो व्याजमा कर्जा दिने प्रतिश्प्रर्धा बढेको छ । यो समय कहिलेसम्म भन्ने एकिन हुन भने सकेको छैन । बजार खुकुलो नहुँदा लगानीका क्षेत्रहरु साँघुरीएका छन् । जसले गर्दा बैंकमा पैसा थुप्रिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]