बैंकिङ खबर । नेपाल राष्ट्र बेंकले हालै सार्वजनिक गरेको कोरोना आर्थिक सर्बेक्षणमा सहभागीमध्ये ७२.९ प्रतिशत उद्योग/व्यवसायहरुले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएको देखिएको छ । त्यसैगरी, करिब १.३५ प्रतिशतले लघुवित्त वित्तीय संस्थाबाट, ८.६५ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट र ५.१५ प्रतिशतले अन्य श्रोतबाट कर्जा लिएको देखिएको छ । कर्जा नलिएका उद्योग/व्यवसायहरुको संख्या ११.९५ प्रतिशत रहेको पाइएको छ । कृषि, वन तथा मत्स्यपालन, खानी तथा उत्खनन, उत्पादनमुलक उद्योग, विद्युत् ग्याँस तथा पानी, निर्माण, होटल तथा रेष्टुरेन्ट, शिक्षा र स्वास्थ्य तथा सामाजिक कार्यहरुका क्षेत्रमा राष्ट्रिय औसतभन्दा बढी प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको देखिएको छ ।