August 12th, 2020

लकडाउनको तलव कटौती नगर्न वित्तीय संस्था कर्मचारी संघको चेतावनि

बैंकिङ खबर । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले लकडाउनमा बिदा बसेका बैङ्कका कर्मचारीहरूको तलव कटौती गर्न नपाइने बताएको छ । केही बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीको बेतलबी विदा काट्ने, लकडाउनको पैसा नदिने गरेको भन्दै संघले सोप्रति ध्यानाकर्षण गराएको छ । प्रेस विज्ञप्ति मार्फत उसले आबश्यक सुरक्षामा धेरै ध्यान दिन पनि बैंकहरुले आग्रह गरेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)मा ५ वटा बैङ्क, इन्सुरेन्स लगायत वित्तीय संस्थाहरूको आबद्धता छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]