सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नियुक्तिको निर्णय गरेको हो।
भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले व्यवस्थापन,बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ।
अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो। यी तीनबाट मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गरेको हो।
लगानीको वातावरण सिर्जना गरी पूर्वाधार संरचना क्षेत्र तथा अन्य क्षेत्रमा सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी लगानी परिचालन गरी व्यवस्थापन गर्ने जिम्मेबारी बोर्डलाई तोकिएको छ। प्रधानमन्त्री अध्यक्ष रहने यो बोर्डमा विभिन्न विभागीय मन्त्री, गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिवलगायत सदस्य रहन्छन्।
तत्कालीन सिईओ महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएपछि यो पदमा रिक्त थियो। सिईओ पदका लागि सुरुमा १२ जनाले निवेदन दिएका थिए। १२ जना मध्येलाई प्रस्ताव प्रस्तुत गर्न लगाएका थिए। त्यसमध्येबाट छानिएका थियो।