August 2nd, 2020

नेपाल फाइनान्स कम्पनीको संचालकमा रोजीना श्रेष्ठ नियुक्त

नेपाल फाइनान्स कम्पनी लि. को रिक्त रहेको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा का.म.न.पा.१ नक्साल निवासी श्रीमती रोजीना श्रेष्ठ लाई बाँकी कार्यकालको लागि संस्थाको मिति २०७७ आषाढ १६ गते सम्पन्न ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको छ ।

निज संचालक रोजीना श्रेष्ठ विभिन्न व्यबसायमा संलग्न रहनुभएको छ । साथै संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा ल.पु.म.न.पा.१९ निवासी आनन्द कृष्ण ताम्राकारलाई संस्थाको मिति २०७७ आषाढ १६ गते सम्पन्न ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको छ । निज आनन्द कृष्ण ताम्राकार कृषि बिकास बैंक लि.मा ३० बर्ष कार्य गरी अबकास प्राप्त हुनुहुन्छ ।

नेपाल फाइनान्स बिगत ५ बर्षदेखि समस्याग्रस्त अबस्थामा रहेकोमा मिति २०७६ मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई सामान्य अबस्थामा कारोबार शुभारम्भ भएको छ ।उक्त संस्थामा योजना आयोगमा सदस्य भई कार्य गरी सक्नुभएका प्राध्यापक हिरेन्द्रमान प्रधान अध्यक्ष हुनुहुन्छ तथा प्रमुख कार्यकारी अधिकृतमा उध्दबराज थपलिया रहनुभएको छ ।
संस्थाले आषाढ मसान्त सम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रबाह भएको छ साथै संस्थाको हाल सम्म कमलादी स्थित मुख्य शाखा कार्यालय तथा नयाँसडक स्थित शाखा कार्यालय संचालनमा रहेको छ ।
नियुक्ती पश्चात संस्थामा ७ जनाको संचालक समिति रहेको छ । जसमा प्रा.हिरेन्द्रमान प्रधान अध्यक्ष , चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती , लक्ष्मी महर्जन रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार सहितको संचालक समिति भएको छ । संस्थाको विगत ८ आ.ब. को बार्षिक साधारण सभा समेत भाद्र ११ बस्ने गरी सुचना समेत प्रकाशित गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]