July 31st, 2020

बैंकवित्तको ५० प्रतिशत व्याज उठ्न बाँकी

बैंकिङ खबर । बैंकवित्तको कर्जा असुलीमा ढिलाई हुने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा पुस मसान्तसम्म भाका सार्न सकिने व्यबस्था गरेपछि कर्जा असुली ढिलाई हुने भएको हो । त्यसैगरी असार मसान्तमा उठ्नुपर्ने बैंकहरूको ब्याज ५० प्रतिशत भन्दा बढी उठन बाँकी रहेको छ । असार मसान्तसम्म करिब ४० अर्ब रुपैयाँ व्याज उठ्न बाँकी रहेको छ । यो अघिल्लो आर्थिक बर्षको समेत हो । असार मसान्तसम्म बैंकहरूको कुल ५१ अर्ब रुपैयाँ व्याज उठ्न बाँकी छ । सो मध्ये ११ अर्ब अघिल्लो आर्थिक बर्षको बाँकी हो भने ४० अर्ब गत असार मसान्तसम्मको व्याज हो । कोरोना प्रभावका कारण यसबाट प्रभावित भएका ऋणीहरुले चैतदेखिनै ऋण, साँवा र ब्याज तिर्न सकेका छैनन् । चैतमा तिर्नुपर्ने साँवा–ब्याज असार मसान्तसम्म सारिएको थियो । तत्पश्चात मौद्रिक नीति मार्फत राष्ट्र बैंकले भुक्तानी म्याद बढाएको हो । अधिकाँस ऋणीहरुले असारमा तिर्नुपर्ने कर्जाको किस्ता र व्याज तिरेका छैनन् । मौद्रिक नीतिमा कोरोनाका कारण ऋणीलाई प्रकृतिअनुसार तीन महिनादेखि एक वर्षसम्मको म्याद थपिएसँगै कर्जा असुलीमा समय लाग्ने देखिएको हो । गत असार १ गतेबाट आँसिक रुपमा खुलेको लकडाउन साउन ७ गतेदेखि खुलेको छ । तथापी शैक्षिक संस्था, लामो दुरीका यातायात, हवाई सेवासहित कैंयौं व्यबसाय अझै बन्द छन् । पर्यटन, होटल, मनोरंजन व्यासाय, सभा सम्मेलन जस्ता कार्य बन्द छन् । ती क्षेत्रमा बैंकहरुको लगानी प्रशस्तै छ । आगामी भदौ १ गतेबाट लामो दुरीका सवारी साधन संचालनमा आउने र हजाईजहाज पनि संचालनमा आउने मन्त्रीपरिषदले निर्णय गरेको छ । तथापी शैक्षिक संस्था, फिल्म हलहरु, सभा सम्मेलनहरुको भने टुंगो लागेको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]