बैंकिङ खबर । इन्डस्ट्रीयल एण्ड कमर्सियल बैंक अफ चाइना लिमिटेड चिनियाँ बहुराष्ट्रिय बैंक कम्पनी हो । यो चीनको सबै भन्दा ठूलो बैंक हो, र यसको कुल सम्पत्ति, निक्षेप, लोन, ग्राहकहरुको संख्या र कर्मचारीहरुको संख्या पनि अत्याधिक छ । यो संसारकै सबैभन्दा ठूलो बैंक हो । यो चीनको “बिग फोर” सरकारी स्वामित्वका वाणिज्य बैंकहरू मध्ये एक हो । यसको स्थापना चिनको बेइजिङमा १९८४ जनवरी १ मा स्थानीय सरकारी बैंकको रूपमा भएको थियो । डिसेम्बर २०१७ सम्म यसको सम्पति ४०.०९ खर्ब अमेरिकी डलर रहेको थियो । सामान्यतया यो सम्पत्ति द्वारा विश्वमा सबैभन्दा ठूलो वित्तीय संस्था र सार्वजनिक कम्पनी मानिन्छ यस्तो उपलब्धि हासिल गर्ने यो पहिलो चिनियाँ बैंक हो । यो शीर्ष १००० विश्व बैंकिङ र र्याङ्किङमा पहिलो स्थानमा रहेको छ ।
नेपाल राष्ट्र बैंक
विश्वको सबैभन्दा ठुलो बैंक इन्डस्ट्रीयल एण्ड कमर्सियल बैंक अफ चाइना
२०७७ श्रावण १४ गते