
हरीकृष्ण जोशी (बैंकर)
लामो समय देखी धन, ज्ञान र विश्वास एकै ठाउमा बस्दै आएका रहेछन एक दिनउनीहरु छुट्टीनु पर्ने अवस्था आएछ र तीनीहरु वीच कुरा भएछ अव कहा भेट हुन्छ त हाम्रो धन ले भनेछ म जो धनि छ उ संग मिल्छ्रु र त्यही भेट हुन्छु अनि ज्ञानले भनेछ म धर्म सवा ,विद्यालयवा ज्ञानी ब्यक्ती संग मिल्छु र म पनित्यही भेट हुन्छु भनेछ अनिविश्वास रुन लागेछ धन र ज्ञान दुबैल आश्चर्य मान्दै सोधेछन कीन रोएको तिमिअनिविश्वास ले भनेछ म जब एक पटक छोडेर हिडछु नी म कहील्यै फर्कीएर आउन्न भनेछ ।
हो हामी कसैलाई विश्वास गर्दा जतीआनन्द आउछ गुमाउदा त्यसको कयौ गुना पीडा हुन्छ । साच्चै भन्ने हो जिवन जिउने आधार हो विश्वास । विश्वास प्राप्तगर्न जती कठिन छ गुमाउन त्यती नै सहज छ । एक दिन घरमै बसीरहेको थीए पुगनपुग ७० बर्षकी बजै (मैले वोलाउदा प्रयोग गर्ने शब्द) आउनुभयो एक छिन को भलाकुसारी पछि बजैले भन्नुभयो हेर कान्छा अब त यीनीहरुले दिएको (छोरा छोरीलाई) देखाउदै पानीपनी फुकेर खानुपर्दछ नत्र के मीसाएर दिन्छन थाहै हुदैन त्यो भनेर बजै त्याहा वाट हिडेपछि मन अमिलो पार्दे कीन भनीन् होला यस्तो भनेर एक चोटी समाजतिर फर्केर मनमनै सोच्न थाले ।
केहीबर्ष पहिला सम्म मानीसहरु वरीपरीका मीलेर एक ठाउमा बसेर गफ गर्ने, भावनाहरु साटासाट गर्ने गर्थे अहिले ती परिपाटीहरु लोप हुदै गएका छन र भईहालेछन् भने पनि एक अर्काको कुरा काटेर समय विताई रहेका छन्, आफ्नै वरिपरि बस्ने मानीसहरु पनिकोषौ टाढा भएको जस्ता महशुस भईरहेको छ,पहिला पहिला मानीसहरु यो जन्ममा कसैलाई पाप गरो भने पुर्नजन्ममा पनि भोग्नु पर्छ भन्थे अहिलेकाहरु यती त अहीले गरीहालौ भोली देखाजाला भनेर आजको भोलीलाई पनि विश्वास गर्न छाडीसकेका छन् । केहीवर्ष पहिले सम्महाम्रो समाजमा एउटा विश्वास थीयो अरुको सीत्तैमा खानहुदैन खायो भने पाप लाग्छ भन्थे र खादैनथे पनिअहिले त अरुको पाएअलकत्रा पनि खान्छ भन्न थालीसके । पहिलापहिला एउटै घरमा २५,३० जनामिलेर बस्थे अहिले त्यस्तो रहेन,पहिला पहिला कसैको घरमा केही घटना घटयो भने गाउँका सबै जम्माहुन्थे र दु.ख मा साथदिन्थे अहिले ठिक्क परो खुच्यु भन्न थालीसके त्यती मात्रै कहाँ हो र अहिलेका समबन्धहरु लामो समय सम्मटिक्न छोडीसकेका छन । माया प्रेमहोस या विवाह, साथीसङ्गी होस् या अभिभावक सन्तान यी सबै सम्बन्धमा अविश्वासहरु पैदा भई एक आपसमा मनमुटाव बढिरहेका छन् ।
मानीसहरु आफुले आफुलाई मात्रै जान्ने र सुन्ने ठान्ने अनिअरुलाई केहीपनि थाहा छैन भन्ने सोच विकसीतका कारण घर समाजमा विश्वासमा कमी आउन थालेको छ । एकले अर्काको कुरा सुन्न छाडेका छन् । आजको घर समाजलाई ब्यक्ती परक र भौतीकवादले जित्दै गएको छ । खाली आफ्नै वारेमा मलाई कसरी राम्रो हुन्छ भन्ने स्वार्थले अभिप्रेरीत हुदै गएका छन् बढदो प्रविधिर भडकीलो जिवलशैली, सफलतालाई ज्यामीतीय र गणीतीयसित मात्र दाज्दा, हाम्रो भन्ने ठाउमा मेरो ले स्थान लीनु र खुशी भएर कमाएको सम्पती भन्दा पनि खुशी हुनका लागी कमाउने सम्पती भन्ने सोचले अड्डा गाडेको समाजमा हुर्कीएका कारणले यस्तो हुन गएको हो ।
जव मानीसमा बिश्वासको कमी हुन्छ तव न आफनो प्रगती हुन्छ न समाजमा सकारात्मक प्रभाव पर्छ । बिश्वास आफैले आफैमाथी गर्ने विश्सास होस् या एकले अर्काप्रती गर्ने विश्वास होस् जुनदुबै सार्थक जिबनको लागी अपरहिार्य छ । आज हामीलाई कसैलाई केही सल्लाह दीयौ भने भने हामी त्यसलाई शंकाको रुपमा लिन्छौ त्यसले किन यस्तो सल्लाह दीयो यसमा त्यसको के फाईदा छ भनेर उल्टै सल्लाह दिने माथी शंकाले हेर्दछौ । शंका गर्ने ठुलो जमातमा हुर्केका हामी सजिलै अरुको कुरा पताउदैनौ र सल्लाह दिने माथी नै शंका गरिदिन्छौ एक अर्का प्रति विश्सासको खडेरी खडा गरीदीन्छौ र पुनअर्को पटक एकले अर्कालाई विश्वास गर्ने वातावरण गुमाई सकेका हुन्छौ ।
वास्तवमा विश्वास सम्पुर्ण आशा, उत्साह रउमङ्ग पनि होे । खाली शंका मात्र गर्नेहरु सधै चिन्तित र पिडा दायीजिवन विताउछन् । विश्वास प्रति अनावश्यक शंकाले मनभित्रको छटपटी घटाउने भन्दानि बढाउदै लैजान्छ । तसर्थ आउनुहोस् खाली शंका र अहंकार पालेर जिवन विताउनु भन्दानी अहंकारलाई ॐ कारमा परिणत गरौ, अनावश्यक शंकालाई विश्वासमा परिणत गरौ रमानीस मानीस सीतको डरको होईन एक अर्काको भरको रुपमावाच्ने वातावरण सृजना गरौ सानातिना कुरा गरेर नअल्झौ सबै एक जुट भएर होष्टैमा हैसे गर्दे समाजलाई सकारात्मक रुपान्तरणको वाटोमा लगौ ।