July 27th, 2020

अजोडको सेयर नेप्सेमा सूचीकृत, मंगलबारबाट कारोबार हुने

बैंकिङ खबर । अजोड इन्स्योरेन्सको सेयर नेप्से मा सूचीकरण भएको छ ।आज मिति २०७७/०४/१२ का दिन अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।– कायम भएको १,००,००,००० कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३०,००,००० कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा बितरण गरिएको ३०,००,००० कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७०,००,००० कित्ता शेयर समेत गरि जम्मा १,००,००,००० कित्ता शेयर वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नुभयो । सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र थापा र मूख्य प्रवन्धक/कम्पनी सचिव बैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]