एन.बि. इन्सुरेन्स कम्पनी १० बराबर ८ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने भएको छ । प्रति शेयर एक सय रुपैयाँ अंकित दरको १२ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रहेकोमा यो हकप्रद जारी गरेपछि यो रकम २७ करोड पुग्ने छ ।
साउन २३ गतेदेखि २६ गतेसम्म निष्काशन हुने कम्पनीको हकप्रदमा साउन ५ गते सम्म शेयर स्वामित्व हुने लागानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल, जमल र कम्पनीकै शाखा कार्यालयहरुबाट शेयरको लागि आवेदन दिन सकिने छ ।
कम्पनीको शेयरलाई ईक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।