July 21st, 2020

थप १५० जनामा कोरोना संक्रमण, ६०९ जना संक्रमणमुक्त

बैंकिङ खबर । नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । संक्रमित मध्ये हालसम्म १२ हजार ४ सय ७७ जना निको भएका छन्, भने ४० जनाको मृत्यु भएको छ । यस्तै, विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४८ लाख ७६ हजार भन्दा माथि पुगेको छ भने ६ लाख १३ हजार बढीको मृत्यु भइसकेको छ। यस्तै ८९ लाख ३० हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]