July 21st, 2020

कोरोना अपडेट : विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४८ लाख माथि, ६ लाख भन्दा बढीको मृत्यु

बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४८ लाख ७६ हजार भन्दा माथि पुगेको छ भने ६ लाख १३ हजार बढीको मृत्यु भइसकेको छ। यस्तै ८९ लाख ३० हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ६१ हजार माथि पुगेको छ, जसमध्ये १ लाख ४३ हजार भन्दा बढीको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा २१ लाख २१ हजार भन्दा बढी कोरोना संक्रमीत छन्। यीमध्ये ८० हजार भन्दा बढीको मृत्यु भएको छ। यता, इण्डियामा ११ लाख ५६ हजार बढी कोरोनाका संक्रमितमध्ये २८ हजार बढीले ज्यान गुमाएका छन्। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, ब्राजिल, इण्डिया, रसीया, साउथ अफ्रीका जस्ता देशहरु रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]