विकास बैंकले– ऋण रकमको १ प्रतिशत
लघु वित्तीय संस्थाले– ऋण रकमको १.५ प्रतिशतसम्म
बैक तथा वित्तीय संस्थाहरुले ऋण दिदा लिने सेवा शुल्कमा राष्ट्र बैंकले कडाई गरिदिएको छ ।
शुक्रबार सार्वजनिक मौदीक नीतिअनुसार विभिन्न सीमा लगाई त्यो भन्दा बढी सेवा शुल्क लिन नपाउने भएको हो । नीतिमा उल्लेख भएअनुसार वाणिज्य बैंकहरुले कर्जा स्वीकृति दिँदा ०.७५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउने छैनन् । विकास बैंकले १ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने छन् । लघु वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्रै शुल्क लिन पाउने व्यवस्था थियो ।
हाल बैंक तथा वित्तीय संस्थाअनुसार फरक फरक शुल्क लिने व्यवस्था थियो । हाल बाणिज्य बैंकहरुले नै १.५ प्रतिशतसम्म शुल्क लिने गरेका थिए ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।
