Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल बैंक लि. का ४१० जनाको कोरोना परिक्षण : सम्पूर्णको रिपोर्ट नेगेटीभ

२०७७ श्रावण १ गते

बैंकिङ खबर । उपत्यकामा कोभिड १९ परिक्षण गर्ने क्रममा नेपालको सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना परिक्षण रिपोर्ट नेगेटीभ आएको छ । सञ्चालक समितिका अध्यक्ष, सदस्यहरूका साथै केन्द्रीय कार्यालयका सम्पूर्ण कर्मचारीहरूको कोभिड १९ को पीसीआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटीभ आएको नेपाल बैंकले जनाएको छ । २०७७ असार ३० गते मंगलबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरू, तथा अन्य कर्मचारी गरेर ४१० जनाको स्वाव लिएर परिक्षण गरिएको थियो ।

Ad