मेरोमाइक्रोफाइनान्स कोल्हबी शाखालाई घरधनीले दिए घर भाडामा छुट

बैंकिङ खबर । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि., शाखा कार्यालय रामपुर्वा (कोल्हबी) बारालाई हाल बिश्वभर कोरोना भाईरसले आर्थिक मन्दी तथा विभिन्न समस्या सिर्जना गरेकोले यस शाखा कार्यालयलाई घरधनी कोल्हबी ११ निवासी मनोज कुमार चौधरीले १ महिनाको घर भाडा रु १८,६६६।– घर भाडा छुट गरेका छन् । घर धनीले घर भाडा छुट प्रदान गरी संस्था प्रति देखाएको सदास्यताको उच्च मुल्याकन गर्दै शाखाका शाखा प्रबन्धक अजित कुमार मण्डलले निज घरधनीलाई स धन्यवाद सहित प्रशसा पत्र प्रदान गर्नु भएको थियो ।