Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीहरुको वित्तीय विवरण अब आर्थिक वर्ष सकिएको २ महिनाभित्रै

admin २०७३ श्रावण ७ गते
सेयर:

bima samitiबीमा समितिले बीमा कम्पनीहरुलाई समयमै वित्तीय विवरण बुझाउन निर्देशन दिएको छ । साथै, समितिले तोकिएको अवधिभित्र नै साधारणसभा सम्पन्न गर्न समेत बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । समितिको निर्देशनअनुसार बीमा कम्पनीहरूले एक्चुअरी मूल्याङ्कन गर्नका लागि आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्रै समितिसँग स्वीकृति लिनुपर्नेछ । त्यस्तै, आर्थिक वर्ष समाप्त भएको ४ महिनाभित्र लेखापरीक्षण सहितको विवरण बुझाउनु पर्नेछ । समितिले ६ महिनाभित्र वार्षिक साधारणसभा गरी सक्न निर्देशन दिएको छ ।

बिमा ऐन २०४९ को दफा २३ मा ‘बिमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्रमा बिमा व्यवसायसम्बन्धी आफ्नो सम्पूर्ण कारोबारको बासलात तथा नोक्सानको हिसाब प्रकाशित गरी सोको एकप्रति समितिमा पेस गर्नुपर्नेछ' भन्ने व्यवस्था छ । 

नेपालमा हाल १७ निर्जीवन बिमा कम्पनी र नौ जीवन बिमा कम्पनी सञ्चालनमा छन् । जीवन बीमा कम्पनीहरूले प्रत्येक ३ बर्षमा एक्चुअरी मूल्यांकन गर्नुपर्ने हुन्छ । तर, अहिले भने अधिकांश कम्पनीहरूले प्रत्येक वर्ष यस्तो खालको मूल्यांकन गर्ने गरेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।