
बैंकिङ खबर / नेपाल बीमा प्राधिकरणले नयाँ अध्यक्ष पाएको छ। सरकारले राजनविक्रम थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिले गरेको सिफारिसका आधारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले थापाको नियुक्ति टुंग्याएको हो।
नियुक्तिपछि बुधबार नै अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथ ग्रहण समारोहपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्षलाई बीमा क्षेत्रको विकास र सुधारका लागि निर्भीक भएर काम गर्न आग्रह गरेका छन्। उनले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा निडर र निर्धक्क भएर अघि बढ्न निर्देशन दिएका छन्।