July 13th, 2020

पुनरकर्जालाई सबै स्थानीय तहसम्म पुर्याइने, महिला उद्यमीले ३ प्रतिशतमै कर्जा पाउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कृषि कर्जालाई नयाँ ढंगले परिचालन गर्ने नीति लिएको छ । कोरोनाका कारण असहज बनेको अर्थतन्त्रलाई टेवा दिन राष्ट्र बैंकले कृषि लगानीका लागि नयाँ नीति लिने भएको हो । गभर्नर महाप्रसाद अधिकारीले सोमबार अर्थसमितिको छलफलमा स्वरोजगार बृद्धि गर्न तथा आत्म निर्भर अर्थतन्त्रका लागि कृषिमा नयाँ र फरक फण्डको स्थापना गर्ने तयारी भएको समेत बताए । त्यसका लागि कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड गर्ने जिम्मेवारी दिइने भएको छ । गभर्नर अधिकारीका अनुसार पुनरकर्जा लाई सबै स्थानीय तहसम्म लैजाने प्रतिबद्धता जनाए । बजेटमा उल्लेख भए अनुसार प्रति बैकले ५ जनालाई पुनरकर्जा दिनुपर्ने उल्लेख गरेको छ । सोही अनुसार राष्ट्र बैं अघि सर्ने उनले बताए । उनका अनुसार महिलाले चलाएको संस्था वा उद्योगलाई ३ प्रतिशतसम्म ऋण दिने तयारी भएको छ । यो किसिमको कर्जा २ खर्बसम्म परिचालन हुन सक्ने छ । 

गभर्नर अधिकारीले मौद्रिक नीतिले सकेसम्म ऋणीलाई राहत दिने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ऋणीलाई सकेसम्म राहत दिने बताए । वित्तीय क्षेत्रको विकास, नीति तथा कार्यक्रम र बजेटले डोहोराएको बाटोमा मौद्रिक नीति केन्द्रीत हुने उनले बताए । सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न कर्जा व्यवस्थापन, राहतको प्याकेज तथा अन्य वित्तीय संरचनालाई मौद्रिक नीतिले प्राथमिकतामा राख्ने त्रबताए । आन्तरिक उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, र उद्यमशीलताको विकास हुने क्षेत्रमा वित्तीय स्रोतलाई परिचालन गरिने उल्लेख गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]