यस्ता छन् – विद्युतीय भुक्तानीमा राष्ट्र बैंकले तोकेका मापदण्डहरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय प्रणालीको भुक्तानीलाई थप सहजीकरण गरेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै १० लाखसम्म विद्युतीय भुक्तानी सकिने व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण विद्युतीय भुक्तानी प्रणालीलाई सरल र सहज बनाउँदै आएको राष्ट्र बैंकले चालेको यो कदमबाट सेयर कारोबारमा सहज हुने छ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्दा विद्युतीयभुक्तानीमा रहेको सीमाका कारण जटिलता उत्पन्न भएको भन्दै दैनिक सेयर कारोबार सीमाअनुसार विद्युतीय भुक्तानीमा सहजीकरण गर्न आग्रह गरेको थियो । सोहीअनुसार राष्ट्र बैंकले निर्देशन जारी गर्दै १० लाखसम्म विद्युतीय भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार कुनै व्यक्तिको नाममा रहेको बैंकको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा, सरकारको कर, राजस्व, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्क, विविध शुल्कहरु भुक्तानी तथा प्राप्ति गर्दा, विद्युत् सेवा, दुरसञ्चार सेवा, खानेपानी सेवा, बिमा प्रिमियम सामाजिक सुरक्षा भत्ताको रकम भुक्तानी तथा प्राप्ति गर्दा, शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेस्टुराँको सेवा कारोबारको भुक्तानी गर्नुपर्ने विल बमोजिमको रकम भुक्तानी तथा प्राप्ति गर्दा, धितोपत्र व्यवसाय गर्न अनुमति प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रको कारोबार गरे वापत सेवाग्राही तथा ग्राहकबाट लिन तथा ग्राहकलाई कारोबार अधिकत मोबाइल बैंकिङतर्फ सीमा नलाग्ने व्यवस्था छ ।

सेयर कारोबार, विद्यालयको शुल्क, इन्टरनेट सेवा, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशनलगायतका सेवाको भुक्तानी मोबाइल बैंकिंगबाट दैनिक १ लाख तथा मासिक १० लाखसम्मको भुक्तानी गर्न सकिने छ । इन्टरनेट बैंकिङबाट प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख सम्म रकम भुक्तानी तथा प्रतिदिन १० लाख र मासिक ५० लाख रुपैयाँ रकमान्तर गर्न सकिने छ ।