July 10th, 2020

ऋण भुक्तानीको सहजिकरण माग गर्दै व्यबसायीहरु सडकमा

बैंकिङ खबर । कोरोनाबाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी, व्यवसायीले प्रर्दशन समेत गरेका छन् । प्रदर्शनपछि नेपाल राष्ट्र बैंक नेपालगन्जमा उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । राष्ट्र बैंकसमक्ष उनीहरुले ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्रमा सबै ऋणलाई दुई वर्षका लागि ब्याज र किस्तालाई पुँजीकरण गर्ने र दुई वर्षभित्र न्यून लागतमा ब्याज तिर्ने व्यवस्था गर्नुपर्ने, मासिक, त्रैमासिक किस्ताको भुक्तानी अवधि कम्तीमा पनि ६ महिनासम्म सार्नुपर्ने, अन्य कर्जाको भुक्तानी म्याद दुई वर्षदेखि पाँच वर्षसम्म कायम गर्नुपर्ने छन् । त्यसैगरी कोरोनाका कारण नोक्सानमा गएका व्यबसायलाई कारोबारको अनुपातमा पुनर्कर्जा प्रदान गर्नुपर्ने, कृषि घरेलु साना मझौला उद्योग पर्यटन क्षेत्रका व्यवसायीलाई प्रदान गर्ने भनिएको पुनर्कर्जा तत्काल सहज र सरल ढंगले उपलव्ध गराउनुपर्ने लगायत माग राखिएको छ। राष्ट्र बैंकसमक्ष ऋणका विषयमा सहुलीयत माग गर्दै प्रदर्शन गरिएको यो सम्भवत पहिलोपटक हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]