July 9th, 2020

ऋणीहरुलाई मौद्रिक नीतिले राहतको प्याकेज ल्याउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंककले सक्नेले असार मसान्तभित्रै व्याज तिर्न नसक्नेका लागि राहतको प्याकेज ल्याउने बताएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीहरुलाई असार मसान्तभित्रै ऋणको साँवा र ब्याज भुक्तानी गर्न र नसक्नेका लागि मौद्रिक नीतिमा प्याकेज ल्याइने बताए । राष्ट्र बैंकले आयोजना गरेको वेभनारमा अधिकारीले सबैलाई मौद्रिक नीतिले सहयोग गर्ने बताए । उनले नसक्ने ऋणीलाई राष्ट्र बैंकले आवश्यक थप व्यवस्था मौद्रिक नीतिमार्फत् गर्ने उल्लेख गरे । असहज परिस्थितिलाई मध्यनजर गर्दै बैंकहरुले अनावश्यक दवाब नदिएको पनि बताए । उनले सम्भव भएसम्म सबै ऋणीहरुले साँवा ब्याज भुक्तानी गर्नुपर्नेमा जोड दिए । राष्ट्र बैंकले कोरोना प्रभावलाई मध्यनजर गरेर आगामी मौद्रिक नीति साउनको पहिलो साताभित्र सार्वजनिक गर्ने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]