July 9th, 2020

व्याजदर निर्धारणको जिम्मा बैंकलाई नै दिनुपर्ने

बैंकिङ खबर । ब्याजदर निर्धारणको काम बैंक तथा वित्तीय संस्थालाई नै दिन बेंकर्स संघले पुनह माग गरेको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीतिबारेको वेभनारमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले ब्याजदर निर्धारण गर्ने जिम्मा बैंकलाई नै दिनुपर्ने बताए । उनले मर्जर तथा विभिन्‍न सहुलियतले गर्दा वित्तीय क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको र स्प्रेड रेट आफै घट्दै गएकोले प्रतिस्पर्धाले गर्दा आफै ब्‍याजदर घट्दै गएको अवस्थामा मूल्य निर्धारण गर्ने बाटो बैंकलाई नै दिनु उचित हुने बताए । ब्‍याजदर घटाउनेबारे चौतर्फी आवाज उठीरहँदा उनले बैंकहरुले पनि ब्‍याजदर घटाउनेतर्फ पहल गरीरहेको दावी गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]