ग्लोबल आईएमई बैंकका सिइओ परशुराम कुँवरले दिए राजीनामा

बैंकिङ खबर । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) परशुराम कुँवरले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको छ । सीईओ कुँवर र बैंकका अध्यक्ष बीच कुरा नमिलेकाले उनले राजीनामा गरेको बताइएको छ । सिइओ कुँवरले फेसबुक स्ट्याटसमा ‘म मेरो रोजÞगार सम्झौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्त सम्म नै काम गरेर बैकिङ क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पूर्णकालिन कामबाट अवकाश लिन चाहन्थेँ तर मानिसहरुका सबै इच्छा र आकांक्षा पुरा हुँदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन । जीन्दगीभरी मेहनत गर्ने र मेहनतको फल बापत जे पाएँ त्यसैमा चित्त बुझाएँ । तर मेरो यो आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पीडा हुनेछ ।’ भनेर लेखेका छन् । जनता बैंकका सिइओ भएका उनी मर्जरपछि ग्लोबल आइएमईमा उनी सीईओ बनेका हुन् ।