July 8th, 2020

ज्योति विकास बैंकको सिइओमा – आइएमईका श्रीचन्द्र भट्ट नियुक्त

बैंकिङ खबर । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले राजीनामा दिएको करिव ३ महिनापछि भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । यसअघि भट्ट आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । त्यहाँ प्रमुख कार्यकारी अधिकृत भएकै बेला उनी ज्योती विकास बैंकमा आएका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा काम गरेको अनुभव छ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]