July 8th, 2020

व्यबसायी मर्माहत अबस्थामा, बैंकको साँवा-ब्याज भुक्तानीको समय बढाउन आग्रह

बैंकिङ खबर । नेपाल उद्योग बाणिज्य महासंघले बैक तथा बित्तीय संस्थाहरुलाई कर्जाको सावाँ व्याज बुझाउने अवधि थप गर्न फेरि पनि आग्रह गरेको छ । महासंघले कोरोनाको कारण असहज परिस्थिति निर्माण भएको भन्दै महासंघले साँवा व्याज तिर्ने अवधि थप गर्न आग्रह गरेको हो । एक विज्ञप्ति जारी गरी मुलकभित्र अत्यावश्यक वाहेक सम्पूण उद्योग व्यवसाय ठप्प रहेका कारण बैक तथा बित्तीय संस्थाहरुलाई कर्जाको सावाँ व्याज बुझाउने अवधि थप गर्न आग्रह गरेको छ । हाल उद्योगहरु ४० प्रतिशतमात्र संचालनमा रहेका, उत्पादित मालवस्तु निर्वाध बजारसम्म पुरयाई विक्रीवितरण गरी नगद प्रवाह हुन नसकेको महासंघले उल्ल्लेख गरेको छ ।

बैंक तथा वित्तिय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरीरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू विषम परिस्थितिका कारण यतिखेर गम्भीर संकटमा छन् भन्दै उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तिय संस्थाहरूको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको साथै पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भैरहेको महासंघले जनाएको छ । ‘कठिनतम घडीमा अर्थतन्त्रका महत्वपूर्ण आधार उद्योग व्यवसाय बचाउनु राज्यको प्रमुख दायित्व भएकाले २०७६ चैत्रदेखि सबै उद्योग व्यवसायले वित्तिय संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकुल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनरसंरचना र पुनर्तालिकिकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]