July 8th, 2020

निजी क्षेत्रका सुझाव समेट्ने गभर्नरको प्रतिवद्धता

नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०७७-०७८ को नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पु-याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन गभर्नर महमाप्रसाद अधिकारीलाई हस्तान्तरण गरेको छ । नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा छलफल गर्न अनलाइन मार्फत नै असार ५ गते नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको प्रमुख आतिथ्यतामा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्त विज्ञ र सरोकारवालासँग छलफल गरेको थियो ।

नेपाल राष्ट्र बैंकका पूर्र्वकार्यकारी निर्देशक नरबहादुर थापाको कार्यपत्रमा आधारित विषयगत छलफल र निजी क्षेत्र र विज्ञहरुका सुझावलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार पेश गरिएको प्रतिवेदनमा वर्तमान अवस्थामा निजी क्षेत्रसँगै बैंक तथा वित्तीय संस्थाले भोगिरहेका समस्या र तिनीहरुको उपयुक्त समाधानका लागि सहजीकरण गर्ने गरी आगामी २०७७/०७८ को मौद्रिक नीति केन्द्रित हुनुपर्ने विषयवस्तुहरु समेटिएको बताए । मौद्रिक नीतिले समेट्न पर्ने थप विषय, आवश्यकता, कार्यान्वयन पक्ष र चुनौतीलाई समेत प्रतिवेदनमा समावेस गरिएको श्रेष्ठले बताए ।
प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकलाई निजी क्षेत्रबाट आएका सुझाव मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता जनाए । कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]