July 6th, 2020

बैंकको व्याजदर ५ प्रतिशतले कम गरेर ऋण दिन व्यबसायीको माग

बैंकिङ खबर । पूर्वका व्यबसायीले बैंकको व्याज घटाउन माग गरेका छन् । प्रदेश नम्बर १ का ४२ वटा संघसंस्थाले बैंकको ब्याजदरमा ५ प्रतिशतले कम गरेर ऋण प्रवाह गर्न माग गरेका हुन् । मोरङ व्यापार संघको नेतृत्वमा प्रधानमन्त्री कार्यालय, प्रदेश नम्बर १ का मुख्यमन्त्री कार्यालय र नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् । व्यवसायीले लकडाउनले अर्थतन्त्रमा समस्या धेरै भएको र ऋण तिर्न समस्या भएको बताएका छन् । ज्ञापन पत्रमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि भएको लकडाउनका कारण उद्योग–व्यापार, व्यवसाय बन्द भएको जनाएका छन् । निजी क्षेत्रलाई ठूलो आर्थिक भार परेको भन्दै उनीहरुले धराशायी भउको व्यबसायलाई उठाउन बैंकवित्तको जिम्मेवारी हुने बताउका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]