बैंकिङ खबर । राष्ट्रिय स्तरको विकास बैंकको सूचिमा अब्बल रहेको गण्डकी विकास बैंक औपचारिक रुपमा विलय भएको छ । गण्डकी विकास बैंक आइतबार असार २१ गतेबाट मेगा बैंकमा गाभिएको छ । आइतबारदेखि मेगा बैंकको नामबाट संयुक्त कारोबार भएको छ । राष्ट्रिय स्तरको गण्डकी विकास बैंक असार २१ गतेदेखि मेगा बैंकमा औपचारिक रुपमै गाभिएपछि विकास बैंकहरुको संख्या घटेको छ । गण्डकी विकास बैंकलाई प्राप्तिपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड पुगेको छ ।