चेक काट्दा होसियार ! व्लायाङ्क चेक कान्डमा २ जना कारागार चलान

बैंकिङ खबर । के तपाई कसैलाई व्लायाङ्क चेक काट्नु भएको छ । यदी काट्नुभएको छ र झुक्काउन खोज्नुभएको छ भने यो सामग्री अध्ययन गर्नुहोला । व्लायाङ्क चेक काट्ने २ जनालाई हालै बैंकिङ कसुरमा पक्राउ गरि कारागार चलान गरिएको छ । बैंकिङ कसुर मुद्दाका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो । उनीहरु फरार अबस्थामा थिए । भक्तपुर मध्यपुर थिमीका ४१ वर्षीय राम ज्यापु र काठमाडौं बुढानीलकण्ठका प्रकाश बुढाथोकी बैंकिङ कसुरमा कारागार चलान भएका छन् । राम ज्यापुलाई उच्च अदालत पाटनले गत भदौमा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन कैद हुने ठहर सुनाएको थियो । सोही मुद्दामा प्रकाश बुढाथोकीलाई अदालतबाट रु १० लाख ५० हजार जरिवाना र सात दिन कैद हुने ठहर सुनाइएको थियो । यी दुई फरक मुद्धा हुन् । सजाय तोकिएकै बेला उनीहरु फरार थिए । आफ्नो खातामा रकम नभएको तथा व्लायाङ्क चेक दिएकोले चेक बाउन्स भएको थियो । पक्राउ परेका दुवै जनालाई कैद भुक्तानका लागि बिहीबार केन्द्रीय कारागार चलान गरिएको छ । बैंकमा पैसा नभई नभई चेक काट्ने विरुद्ध बैंकिङ कसुरमा मुद्धा दायर गर्न सकिन्छ । त्यस्तो अबस्थामा प्रमाणित भए जेल सजायको व्यबस्था छ ।