देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९, मृतकको संख्या ३२

बैंकिङ खबर । थप ७४० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । २४ घन्टामा देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा थप ७४० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको हो । यसैगरी कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । यससँगै कुल मृतकको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, नयाँ बानेश्वरका ८५ वर्षीय बृद्धको उपचारका क्रममा १७ गते राति निधन भएको हो ।