नेशनल माइक्रोफाइनान्स सातौ वर्षमा प्रवेश

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मिति २०७१ आषाढ १८ गते बाट आफ्नो कारोबार विधिवत रुपमा संचालनगरि हाल छैठो बर्ष पुरा गरि सातौ बर्षमा प्रवेश गरेको छ ।

संस्थाको छैठो बार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय, इटहरी सुनसरी, प्रदेश नं २ को ट्राफिक प्रहरी कार्यालय, पथलैया, बारा प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय, रामनगर, चितवन प्रदेश नं ५ को ट्राफिक प्रहरी कार्यालय, बुटबल, रुपन्देही प्रदेश नं ७ को ट्राफिक प्रहरी कार्यालय, धनगढी, कैलाली लगायत जिल्ला प्रहरी धादिङबेसीलाई कोभिड १९ बाट बंच्न सुरक्षात्मक स्वास्थ्य समाग्रीहरु मास्क, सेनिटाईजर र ग्लोब बितरण गरेको छ ।

संस्थाले संचालनको छैठौ वर्षको अबधिमा ४७ जिल्लाको ६५ वटा शाखा कार्यालय मार्फत ९० हजार घर परिवारलाई आफ्नो सेवा विस्तार गरी उनीहरूमा रू.४ अर्ब ३० करोड लगानीमा रहेको कर्जाको साथै सदस्यहरूबाट रू.१ अर्ब ६० करोड बचत परिचालन गरेको छ । संस्थाले सदस्यहरुको लघुउद्यमशिलता विकास लगायत बित्तीय साक्षरतामा मुख्य ध्यान केन्द्रित गरि अगाडी बढेको कुरा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी गराउनु भएको छ । हाल कोभिड १९ बाट प्रत्यक्ष रुपमा असर गरेका ग्राहकहरुलाई राहत स्वरुप ५० लाख बराबरको खाधान्न समाग्रीहरु बितरण गर्नुको साथै नेपाल सरकारको राहत कोषमा १० लाख सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत यादवले जानकारी गराउनु भएको छ ।