बैंकिङ खबर । व्यबसायीहरु बैंकको व्याज र किस्ताका विषयलाई लिएर चिन्तित हुन थालेका छन् । व्यबसायीहरु असार मसान्तका कारण बैंकको व्याज, किस्ता तथा साँबा भुक्तानी गर्नुपर्ने अबस्थामा छन् । कोरोनाका कारण व्यापार व्यबसाय तथा उद्योगहरु भने खासै संचालन हुन सकेका छैनन् । असार १ गतेबाट केही खुकुलो भएको लकडाउनमा पनि व्यासाय राम्ररी सूचारु हुन सकेको छैन । जस कारण आम्दानी नहुँदा पनि बैंकको व्याज बुझाउनुपर्ने अबस्थाले व्यबसायीहरु चिन्तित बनेका हुन् ।
यसैबीच राष्ट्रिय व्यापार संघले मौद्रिक निति ब्यापार ब्याबसाय मैत्रि आउनुपर्ने माग गरेको छ । कोरोनाले थला पारेको ब्याबसायलई यसले सम्बोधन गर्नुपर्ने तथा लकडाउन अवधि भरको बितिय सस्थाको ब्याज मिनाहा हुनुपर्नेमा जोड दिएको छ । साथै बैंकको किस्ताको समय थप गर्न पनि व्यापार संघले माग गरेको छ । कोरोनाले थचारेको ब्याबसाय लाई बिउत्याउनु सरकारको मुख्य दाहित्व भएकाले बेंक कर्जामा राष्ट्र बैंकले सहयोगी भूमिका खेल्नु पर्ने संघका महासचिव बैकुण्ठ दाहालले बताएका छन् । सरकारले पुनर्कर्जा को ब्याबस्था गर्नुको साथै सरल र बिना झन्झट कर्जाको ब्याबस्था गर्नु पर्नेमा जोड दिएको राष्ट्रिय ब्यापार सघले ब्यापारि ब्याबसायि लाई प्यान वा भ्याट दर्ताको आधारमा बिना धितो कर्जाको ब्याबस्था गरीनुपर्नेमा जोड दिएको छ ।