Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुनर्बिमा कम्पनीको नाफा ३० करोड ६५ लाख

admin २०७३ श्रावण ६ गते
सेयर:

reinsuranceस्थापनाको पहिलो वर्षमा नै नेपाल पुनर्बिमा कम्पनी आकर्षक नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७२/०७३ मा ३० करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ससस्त्र द्वन्दको समयमा बनाएको आकस्मिक बीमा कोषलाई सरकारले अघिल्लो वर्षमात्रै पुनर्बीमा कम्पनीको रुपमा स्थापित गरेको हो । सरकार र बीमा कम्पनीहरुको लगानी रहेको कम्पनीले गत त्रैमासिक अवधिसम्म कम्पनीले १९ करोड रुपैयाँ नाफा गरेको थियो । 

यो वर्ष कम्पनीले चार करोड ११ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै ११ करोड ५५ लाख दावी भुक्तानी गर्न बाँकी छ । गत आर्थिक वर्षमा कम्पनीले ४८ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा शुल्क आर्जन गरेको छ । पुनर्बीमा कमिशन आय ४१ करोड रुपैयाँ छ । त्यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्यबाट दुई करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।