July 1st, 2020

विश्व बैंकले ल्यायो फारिस हादाद, नेपाल-माल्दिभ्स र श्रीलंकाको नेतृत्व जिम्मेवारी

बैंकिङ खबर । विश्व बैंकले तीनवटा मुलुकका लागि निर्देशक चयन गरेको छ । विश्व बैंकले नेपाल, मालदिभ्स र श्रीलंकाका लागि नयाँ देशीय निर्देशकका रुपमा चयन गरेको हो । विश्व बैंकको फारिस हादाद जेरभोसलाई निर्देशक बनाएको छ । उनले तीनै देशको लागि विश्व बैंकको सहायताको नेतृत्व गर्नेछन् । जुन झण्डै साढे ५ अर्ब डलर बराबरको आर्थिक फाण्डको नेतृत्व हो । यसअघि देशीय निर्देशक रहेकी इदा जे रिदियो नयाँ कार्यभार सम्हाल्ने गरी बिदा भएको विश्व बैंकले जनाएको छ । सन् १९९६ मा विश्व बैंकमा आबद्ध भएका उनले मलेशिया र बोलिभियाको देशीय ब्यबस्थापकका रुपमा काम गरिसकेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]